धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसकी इश्वरी  न्यौपानेको एकल उम्मेदवारी

संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसकी इश्वरी  न्यौपानेको एकल उम्मेदवारी

काठमाडौ । संघीय संसद अन्तर्गत संसदीय सुनुवाइ समितिको सभापतिका लागि सभापतिमा नेपाली कांग्रेसकी नेतृ एव समिति सदस्य ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको छ ।

न्यौपानेको मनोनयन प्रस्तावकमा श्यामकुमार घिमिरे र समर्थकमा सुनिता बराल रहेका छन् ।

यस्तै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा एमालेका नेता एवं समिति सदस्य ठाकुरप्रसाद गैरेको उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा सरस्वती सुब्बा र समर्थकमा दीलेन्द्रप्रसाद बडु रहेका छन् ।

दुवै समितिको बैठक आज दिउँसो ३ बजे बस्दैछ । सम्बन्धित समितिको बैठकमा प्रस्तावकले उम्मेदवारी सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ ।