धनगढी पोष्ट शुक्रबार, ०१ साउन २०८३   July 17, 2026

चुरेका सव–इन्जिनियर अख्तियारद्धारा २० हजार घुस सहित पक्राउ

धनगढी

  कैलालीको चुरे गाउँपालिका अन्तरगत कार्यरत सवइन्जिनियर २० हजार घुस रकम सहित बुधबार पक्राउ परेका छन् चुरे गाउँपालिका घरखेडामा कार्यरत सवइन्जिनियर चन्द्रदेव भट्ट २० हजार घुससहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको

  कृषि सडकको इस्टिमेट नापजाँच तथा मुल्याङ्कन गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको अख्तियार कञ्चनपुरका प्रमुख खगेन्द्र रिजालले बताए

  पक्राउ परेका सव इन्जिनियर भट्ट विगत दुई÷तीन दिन देखी धनगढीमै बस्दै आएका थिए 

  आज नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले लम्किचुहा नगरपालिकामा छापा हानेर कागजात जफत गरेको थियो आर्थिक बर्ष सकिए पनि पुरानो मिति राखेर चेक भुत्तानी भइरहेको भन्दै अख्तियारले लम्की चुहामा छापा हानेर कागजात जफत गरेको थियो