धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

राठी इन्टरप्राइजेजले सेवा सुविधाका साथ कजरिया ग्यालेक्सी सञ्चालनमा ल्याउँदै

राठी इन्टरप्राइजेजले सेवा सुविधाका साथ कजरिया ग्यालेक्सी सञ्चालनमा ल्याउँदै

धनगढी । धनगढीमा रहेको राठी इन्टरप्राइजेजले सुदूरपश्चिममा लामो समयदेखि सेवा दिँदै आएको छ । ४५ बर्ष देखि सुदूरपश्चिमको पूर्वाधारमा राठीको महत्वपूर्ण योगदान रहेको छ ।

राठी थप सेवाका साथ आफुलाई परिमार्जित गर्दै कजरिया ग्यालेक्सी सञ्चालनमा ल्याउँदै छ । कजरिया ग्यालेक्सीको भदौ १ गते शनिबार उद्घाटन हुँदैछ ।

राठी इन्टरप्राइजेजको  ५१ वर्ष पुरा भएको अवसरमा कजरिया ग्यालेक्सी सञ्चालनमा ल्याउन लागेको सञ्चालक सुरेन्द्र राठीले जानकारी दिए । धनगढीमा बिहिबार पत्रकार सम्मेलन गर्दै सञ्चालक राठीले कजरिया ग्यालेक्सीका बारेमा जानकारी दिएका हुन् । 

धनगढीको मुख्य सडकमा रहेको राठीको कजरिया ग्यालेक्सको सुविधा सम्पन्न भवन भित्र टायल, रड किचन, बाथरुमका साग्रीहरुले सजाएर राखिएका छन् । कजरिया ग्यालेक्सीको सञ्चालनमा आउने लागेको भवन दुई हजार सात सय ८० बर्गकिलोमिटरमा निर्माण भएको छ ।

राठीले निकट भविष्यमा अत्तरियामा पनि शाखा विस्तार गर्ने जनाएको छ । सञ्चालक राठीले घर बनाउँदा आवश्यक सामग्रीहरु सोच विचार गरेर मात्र प्रयोग गर्न आग्रह गरेका छन् । 

‘घर भन्ने कुरा जीवनमा एक पटक बनाउने हो ।’, उनले भने, ‘त्यसका लागि दुई रुपैयाँ महँगो भए पनि भरपर्दो कम्पनीका सामग्रीहरु प्रयोग गर्नुपर्दछ ।’ राठी ईन्टरप्राईजेजको सुदूरपश्चिमको पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुगाएको उनले बताए । 

राठी इन्टरप्राइजेज कैलालीमा सरकारलाई सबै भन्दा बढी राजस्व बुझाउने संस्था समेत भएको हुँदा यसले विक्रि गर्ने साम्रगीहरु पनि भरपर्दो र टिकाउ रहेको उनको भनाई रहेको छ ।

कजरिया ग्यालेक्सी सञ्चालन गर्दा दुई करोड लागत लागेको उनले बताए ।  कजरिया ग्यालेक्सीको हिमान्सु अग्रवाल डाईरेक्टरले उद्घाटन गर्न कार्यक्रम तय भएको छ ।