धनगढी पोष्ट
बिहिबार, ३१ साउन २०८१ मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिका फूलबारीमा हुलाकी सडकको दुई ठाउँमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।
फूलबारी अस्थायी ट्राफिक प्रहरी चौकी र नोबेल एकेडेमीले बिहीबार जेब्रा क्रसिङ निर्माण गरेका हुन् ।
धनगढी वडा नम्बर १४ को स्याउले चोक र वडा कार्यालय जाने बाटोमा जेब्रा क्रसिङ बनाइएको फूलबारी अस्थायी ट्राफिक प्रहरी चौकीका इन्चार्ज सिद्धराज बिष्टले बताए ।
उनले सडक सुरक्षालाई मध्यनजर गर्दै हुलाकी सडकको दुई ठाउँमा जेब्रा क्रसिङ बनाइएको बताए ।
जेब्रा क्रसिङ निर्माणपछि ट्राफिक प्रहरीले सडक सुरक्षालाई ध्यानमा राखेर सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी बारे नोबेल एकेडेमीका विद्यार्थीहरूलाई अवगत गराएका थिए ।