धनगढी पोष्ट बिहिबार, २६ भदौ २०८२   September 11, 2025

तीन लाख बढीका भन्सार छलीका सामान बरामद

तीन लाख बढीका भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीका विभिन्न स्थानबाट तीन लाख बढीका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ ।

धनगढी–२ माछा पोखरी नजिक, धनगढी–१२ बिरेघाट, भजनी–५ कव्वाखेडा, भजनी–७ हलौनाघाट र जोशीपुर–४ बाँणीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख २५ हजार ५९० मूल्य बराबरको सामान बरामद गरिएको हो।

प्याज, चिनी, बिडी, सुर्ती, सुटपिस, धोती, गम्छा, सेतो कपडा, मसाला, मोबाईल चार्जर, स्मार्ट वाच, ईयर फोन, आलु लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।