धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

धनगढीमा राठी इन्टरप्राइजेजले ल्यायो कजरिया ग्यालेक्सीको सुविधा सम्पन्न शोरुम सञ्चालनमा

धनगढीमा राठी इन्टरप्राइजेजले ल्यायो कजरिया  ग्यालेक्सीको सुविधा सम्पन्न शोरुम सञ्चालनमा

धनगढी । धनगढीमा रहेको राठी इन्टरप्राइजेजको ५१ वर्ष पुरा भएको अवसरमा कजरिया ग्यालेक्सीको सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।

राठी इन्टरप्राइजेजले शनिबार एक कार्यक्रमका बिचमा कजरिया ग्यालेक्सीको शोरुमको उद्घाटन गर्दै सञ्चालनमा ल्याइएको हो ।

राठी इन्टरप्राइजेजका संस्थापक सञ्चालक गौरीशंकर राठीले रिर्भन काटेर कजरिया ग्यालेक्सीको उद्घाटन गरेका थिए ।

उद्घाटन पछि संस्थापक सञ्चालक राठीले सेवा ग्राहीलाई अझै गुणस्तरिय सामान उपलब्ध गराउन प्रतिवदता व्यक्त गरे ।

 

No description available.

कजरिया ग्यालेक्सीका डाईरेक्टर हिमान्सु अग्रवालले राठी इन्टरप्राइजेजलाई  व्यवसायीक क्षेत्रमा अघि बढ्न सुझाब दिए । उनले कजारिया ग्यालेक्सीको स्वरुम यहाँ खोल्दा सुदूरपश्चिममा पूर्वाधार बिकास क्षेत्रमा ठुलो अवसर भएको बताए ।

कजारिया ग्यालेक्सीबाट सुपथ मुल्यमा घरको गुणस्तरीय सामान, विभिन्न डिजाइनका कजारिया टायल, रड किचन, बाथरुमका सामग्रीहरु उपलब्ध हुने राठी इन्टरप्राइजेजका सञ्चालक सुरेन्द्र राठीले बताए ।

व्यवसायीक संघर्ष गर्दै हाल उपभोक्ताको चाहना समयको माग रोजाई र आवश्यकतालाई मध्येनजर राख्दै कजारिया ग्यालेक्सी सञ्चालनमा ल्याइएको उनले बताए । 

घर भन्ने कुरा जीवनमा एक पटक बनाउने हो ।’ उनले भने, ‘त्यसका लागि दुई रुपैयाँ महँगो भए पनि भरपर्दो कम्पनीका सामग्रीहरु प्रयोग गर्नुपर्दछ ।’ उनले ग्राहक तथा उपभोक्ताको चाहना र आवश्यकतालाई परिपूर्ति गर्ने बताए ।

राठीले निकट भविष्यमा कैलालीको अत्तरियामा पनि शाखा विस्तार गर्ने जनाएको छ । कजारिया ग्यालेक्सीको भवन दुई हजार सात सय ८० बर्गफीटमा निर्माण गरिएको उक्त भवनको लागत दुई करोड रहेको छ ।

राठी इन्टरप्राइजेजको सुदूरपश्चिममा ४५ बर्ष देखि पूर्वाधारमा महत्वपूर्ण योगदान रहेको छ ।  

No description available.