धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूरपश्चिमको निजामती सेवा ऐन बहुमतले पारित

सुदूरपश्चिमको निजामती सेवा ऐन बहुमतले पारित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट बहुमतले ‘सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हीरा सार्कीले मंगलबार बसेको प्रदेशसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेका थिए ।

नेकपा (एमाले) र कांग्रेसका सांसदहरूले उक्त विधेयकको समर्थन गरे ।

विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशिताको सिद्धान्त विपरीत आएको भन्दै विरोध गरे ।