धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कञ्चनपुरमा एक युवक मृत फेला

कञ्चनपुरमा एक युवक मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–३ बह्मदेव हाईवेस्थित शुभयात्रा जिपरकार रिपेरिङ एण्ड वासिङ सेन्टरमा काम गर्ने बेतकोट नगरपालिका–७ लालपुर बस्ने १८ वर्षीय रमेश विक बुधवार मृत फेला परेका हुन्।

विक सोही वासिङ सेन्टर नजिकै रहेको कोठामा बुधवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।