धनगढी पोष्ट
बुधबार, ०५ भदौ २०८१ मा प्रकाशित
धनगढी । सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण तथा बित्तीय अनुशासन सहित सेवा प्रवाह सुदृढीकरण सम्वन्धी अध्ययन कार्यदलले मुख्यमन्त्री कमल बहादुर शाहलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।
कार्यदलले अध्ययनका लागि पाएको १५ औ दिनको दिन बुधबार कार्यदलका संयोजक मुख्यमन्त्री कार्यालयका प्रदेश सचिव बेद प्रसाद भण्डारीले मुख्यमन्त्री शाहलाई प्रतिवेदन बुझाएका हुन् ।
अध्ययन प्रतिवेदन बुझ्दै मुख्यमन्त्री शाहले प्रतिवेदनको कार्यान्वयन तत्काल शुरु गरिने बताए ।
कार्यदलले प्रदेशमा सुशासन प्रवद्र्धन, भैष्टाचार नियन्त्रण र बित्तीष् अनुशासन कायम गर्न ४६ बुदामा सुझाव दिएको छ ।
गत असार २१ गते मुख्यमन्त्रीमा सपथ लिएकै दिन मुख्यमन्त्री कमल बहादुर शाहले सुशासन प्रवद्र्धन, भैष्टाचार नियन्त्रण र बित्तीय अनुशासन सहितका सेवा प्रवाह सुदृढीकरणका लागि सुझा दिन अध्ययन कार्यदल गठन गरेका थिए । सबै मन्त्रालयको प्रतिनिधित्व रहेको कार्यदलले १५ दिको समय पाएको थियो ।
संयोजक भण्डारीले प्रतिवेदनमा सुशासन प्रवद्धृनका लागि ऐन नियम, कार्यविधिमा गर्नु पर्ने पक्ष, संस्था संरचना सुधार गर्ने सवालमा गर्न सक्ने बिषय, सुचना प्रविधिका सुधार र पारदर्शिताका लागि गर्न सक्ने कुरा समेटिएको बताए ।
सेवा प्रवाहमा सुधार गर्ने पक्ष, योजना तर्जुमा र कार्यान्वयनमा गर्न सकिने पक्ष, अनुगमन र मुल्यांकन प्रकृया र पद्धतिमा के कुरामा सुधार गर्न सकिने पक्ष पनि प्रतिवेदनमा समेटिएको भण्डारीले बताए ।
संयोजक भण्डारीका अनुसार बजेटलाई सदुपयोग गर्दै बेरुजु पछ्र्यौट गर्ने सन्दर्भमा प्रदेशले चाल्नु पर्ने कदम, शासकीय पक्षमा सुधार गर्दै नागरिक सुखानुभुतिको लागि गर्नु पर्ने पक्ष र सुशासन प्रवद्र्धनको लागि हाम्रा कदम र जनशक्तिगत अन्य सुधारका बिषय समेटिएका छन् ।
प्रतिवेन बुझेपछि मुख्यमन्त्री शाहले तत्काल कार्यान्वयन हुन सक्ने बिषय तत्काल कार्यान्वयन गरिने बताए । मुख्यमन्त्री शाहले सुशासन प्रवद्र्धनका लागि कानुन निर्माण गर्नु पर्ने भएको सो कार्य पनि तत्काल अघि बढाइने बताए ।