धनगढी पोष्ट 
                                बिहिबार, ०८ साउन २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी
 सुदूरपश्चिम प्रदेशको बैतडीमा कोरोना संक्रमण पुष्टी भएका सवै विरामी निको भएर घर फर्किका छन् । यो संगै बैतडी जिल्ला सुदूरपश्चिम प्रदेशकै पहिलो शुन्य संक्रमित हुने जिल्ला बनेको छ । 
 बैतडी स्वास्थय कार्यालयका सूचना अधिकारी भुवन जोशीका अनुसार असार २९ गते पछि जिल्लामा नयाँ संक्रमित फेला परेको छैन । ‘पछिल्लो १० दिन यता नयाँ व्यक्तिमा संक्रमण पुष्टी भएको छैन’ सूचना अधिकारी जोशीले भने–‘कोरोना संक्रमण पुष्टी भएका अन्तिम व्यक्ति साउन ५ गते निको भएर घरगएका हुन् ।’ 
 हाल जिल्लाका विभिन्न पालिकाबाट १ सय ९६ जनाको स्वाव संकलन गरी कोरोना परिक्षणका लागि डडेलधुरा प्रयोगशाला र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएकोमा नतिजा आउन भने बाँकी रहेको उनले बताए । 
 बैतडीका संक्रमित मध्य साउन ५ गते अन्तिम व्यक्ति निको भएर घर गएका हुन्’ सूचना अधिकारी जोशीले भने–‘त्यस यता नयाँ विरामी भेटिएका छैनन्, केही स्वावको नतिजा आउन भने बाँकी छ ।’ 
 बैतडीमा संक्रमण पुष्टी भएका मध्य सवै भारत बाट आएका विरामी रहोक थिए । उनिहरुलाई १४ देखी ३५ दिन सम्म स्थानीय तहमा निर्माण गरिएका आइसोलेसनमा राखेर घरपठाइएको सूचना अधिकारी जोशीले बताए । बैतडी जिल्ला अस्पतालमा भने तीन वेडको मात्रै आइसोलेनस रहेको छ ।