धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

अछाममा एक पुरुष मृत फेला

अछाममा एक पुरुष मृत फेला

अछाम । अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको तुर्माखाँद गाउँपालिका-४ जंगलघाटस्थित अछाम र सुर्खेत जोड्ने कर्णाली नदिको झोलुङ्गेपुलदेखि अन्दाजी ५० मिटर तल कर्णाली नदिको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको हो।

नाम / थर नखुलेको अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।