धनगढी पोष्ट
बिहिबार, ०६ भदौ २०८१ मा प्रकाशित
जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजनसहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुनेगरी नयाँ कानुन बनाउन लागिएको बताएका छन्।
सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरूमा सहभागी हुन बिहीबार जनकपुर आइपुगेका गृहमन्त्री लेखकले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरि अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमतिपछि संसदमा पेश हुने बताए।
प्रहरीसम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरू धमाधम हुने उनको दावी छ ।
वर्तमान सरकार डेलिभरि गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाइज नहुने र मुलुकमा शान्ति सुव्यस्था र विधिको शासन कायम हुने उनको भनाइ छ।
गृहमन्त्री लेखकले राजनीतिक स्थितरता,आर्थिक गतिविधि बढाउन, संघीय लोकतान्त्रिक व्यवस्था र समावेशितासहितको संविधान र विधि बचाउन तथा सार्थक बनाउन वर्तमात सरकार अगाडि बढिरहेको बताए। उनले त्यसै अनुसारको कार्यसम्पादन पनि भइरहेको उनको भनाइ छ।