धनगढी पोष्ट
बिहिबार, ०८ साउन २०७७ मा प्रकाशित
धनगढी
पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
डडेलधुरा कोरोना परिक्षण प्रयोगशालामा ४ र सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना परिक्षण प्रयोगशालामा ३३ जना गरी २४ घण्टामा ३७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा थपिएका संक्रमित हरु मध्य डडेलधुरा अस्पतालमा गरिएको परिक्षणमा डडेलधुराका दुई तथा डोटीका दुई जना रहेका छन् । यसैगरी सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा कञ्चनपुरका ३०, कैलालीका २ र बझाङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
सेती अस्पतालको प्रयोगशालामा पुष्टिभएका संक्रमितहरु मध्य वेल्डाँडी गाउँपालिकाका २ महिला र ११ पुरुष तथा शुक्लाफाँटा नगरपालिका कञ्चनपुरका तीन महिला र १० पुरुष रहेका छन् । कञ्चनपुरका ४ जनाको भने पालिका पहिचान हुन नसकोको जनाइएको छ । यो संगै सुदूरपश्चिममा कुल संक्रमतिको संख्या चार हजार ४६ पुगेको छ । हाल सम्म सुदूरपश्चिमबाट दुई हजार बढी कोरोना संक्रमित निको भएर घर फर्केका छन् भने ८ जनाको मृत्यु भएको छ ।