धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बाढीबाट प्रभावितलाई राहत र उद्धारमा सहयोग गर्न कांग्रेस कैलालीको आव्हान

बाढीबाट प्रभावितलाई राहत र उद्धारमा सहयोग गर्न कांग्रेस कैलालीको आव्हान

धनगढी । नेपाली कांग्रेस कैलालीले विपद्को बेलामा बाढीबाट प्रभावित जनतालाई राहत र उद्धारमा सहयोग गर्न आव्हान गरेको छ।

जिल्ला कार्यसमिति सचिव नृपबहादुर सुनारले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांंग्रेस कैलाली पार्टीका सबै तह तथा भातृ एवं शुभेच्छुक संस्थालाई सो आव्हान गरेका हुन्।

कैलालीका अधिकांश स्थानमा पछिल्लो दुई दिनदेखि लगातार परिरहेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ।

वर्षाका कारण नदीहरूमा आकस्मिक बाढीको तह तथा नदीको बहाव निरन्तर बढदै गएकाले सडक, पुल लगायत किसानहरुको खेती योग्य जमिन कटान हुँदै गएको छ भने नदीहरूमा आएको बाढीले होचो भू–भाग डुबान भई नागरिकले घर भित्र राखेको खाद्यान्न, लुगाकपडामा क्षति पुग्नुका साथै पशुचौपाय, बालबालिका र वृद्धबृद्धाहरूको जनजीवन कष्टकर भएको छ।

अझै केही दिन लगातार पानी पर्ने सम्भावना रहेकोले कैलाली जिल्लाको मोहना, कान्द्रा, खुटिया, कर्णाली, गौरीगंगा, लिक्मा, शिवगंगा पथरैया र गोदावरी नदी लगायत अन्य सहायक नदीहरूमा पानीको वहाब बढ्ने हुँदा यी नदी तटिय क्षेत्रका आसपासमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कताका साथ बस्न र बाढी डुबानबाट हुने क्षतिकम गर्न तथा खाद्यन्न लगायत पशुचौपायलाई उच्च स्थानमा स्थानान्तरण गर्न तिनै तहका सुरक्षा निकाय, रेडक्रसलगायत विभिन्न सामाजिक संघसंस्था र नागरिक स्वयंमई विपत्तिको सामना गर्न कांग्रेस कैलालीले अपिल गरेको छ।

‘यस अवस्थामा नागरिकको जिउधनको सुरक्षा गर्न र बाढिबाट प्रभावित मानिसहरुको तत्काल उद्धार र राहतमा लाग्न तथा क्षतिको एकिन आँकलन गरि नागरिकलाई क्षतिपूर्ति दिन तिनै तहका सरकारलाई नेपाली कांग्रेस कैलाली आग्रह गर्दछौँ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बाढी र डुबानबाट विस्थापित स्थानीय नागरिकलाई राहत र सुरक्षित स्थानमा स्थानान्तरण र मानवीय क्षतिलाई कम गर्ने सरकारबाट गरिने सबै प्रयास गर्न आग्रह गर्दछौं।’

No description available.