राष्ट्रिय दलित नेटवर्कद्धारा टीकाराम पार्की मानव मर्यादा पुरस्कार टेलरलाई प्रदान

टेलर  बिगत लामो समयदेखि सामाजिक आन्दोलन र राजनैतिक दलमा सहभागी हुदै जातीय बिभेदका बिरुद्ध आवाज उठाउदै आएका छन् ।

राष्ट्रिय दलित नेटवर्कद्धारा   टीकाराम पार्की मानव मर्यादा पुरस्कार टेलरलाई  प्रदान
आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीबाट पुरस्कार बुझ्दै टेलरकी श्रीमती बिन्दा देवल

धनगढी । राष्ट्रिय दलित नेटवर्कले २०८१ सालको टीकाराम पार्की मानव मर्यादा पुरस्कार छत्र टेलरलाई प्रदान गरेको छ । दलित मुक्ति अभयिान र सामाजिक न्यायका पक्षमा योगदान पुरयाएको भन्दै नेटवर्कले  टेलरलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

नेटवर्कको २५ औं स्थापना दिवसको अवसरमा बिहीवार धनगढीमा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीबाट टेलरकी श्रीमती बिन्दा देवललाई उक्त पुरस्कार बुझेकी हुन् ।

टेलर  बिगत लामो समयदेखि सामाजिक आन्दोलन र राजनैतिक दलमा सहभागी हुदै जातीय बिभेदका बिरुद्ध आवाज उठाउदै आएका छन् ।

राष्ट्रिय दलित नेटवर्कले २०६० सालदेखि उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

२०५७ सालमा नेटवर्कको रुपमा स्थापना भएको  क्षेत्रीय दलित नेटवर्क २०६० सालमा दर्ता भएको थियो ।  २०६३ सालमा क्षेत्रीय दलित नेटवर्कबाट नाम परिवर्तन गर्दै राष्ट्रिय दलित नेटवर्क  बनाएको थियो । त्यसपछि अहिले नेटवर्कले देशभरि कार्यक्रम सँचालन गरिरहेको छ ।