धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलालीमा ४१७ हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा विस्तार

कैलालीमा ४१७ हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा विस्तार

कैलाली । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा ४१७ हेक्टर क्षेत्रमा सिंचाइ सुविधा विस्तार भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालयका अुनसार आर्थिक वर्ष २०८०/८१ मा साना सिंचाइ कार्यक्रमअन्तर्गत गहुँ सुपरजोन र धान जोनमा ५० प्रतिशत अनुदानमा १६७ वटा स्यालो ट्युबेल जडान गरेपछि ११७ हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार भएको  हो ।

उक्त कार्यालयका अनुसार आव २०७९र८० मा साना सिंचाइअन्तर्गत गहुँ सुपरजोन र धान जोनमा ५० प्रतिशत अनुदानमा १०९ वटा स्यालो ट्युबेल जडान गरिएकामा २७२ हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार भएको थियो । रासस