धनगढी पोष्ट शुक्रबार, ०२ माघ २०८२   January 16, 2026

धनगढी उपमहानगरद्वारा आचार्य कृष्ण दमाइलाई नगदसहित सम्मान

धनगढी उपमहानगरद्वारा आचार्य कृष्ण दमाइलाई नगदसहित सम्मान

धनगढी । धनगढी उपमहानगरपालिकाले आचार्य कृष्णबहादुर दमाइलाई नगदसहित सम्मान गरेको छ।

उपमहानगरले आज एक कार्यक्रम गरेर आचार्य दमाइलाई नगद एक लाख ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो।

समाजमा जातीय छुवाछुतजस्तो कुरीति विद्यमान रहेको परिस्थितिमा दलित समुदायबाट पहिलो आचार्य उपाधि प्राप्त गरी सुदूरपश्चिमकै गरिमा बढाउने काम गरेकोले उनलाई सम्मान गरिएको उपमहानगरले जनाएको छ । 

नगर प्रमुख गोपाल हमालले आचार्य दमाइलाई प्रोत्साहनस्वरुप सम्मान गरिएको बताए। 

आर्थिक अभावले समस्यामा रहेका आचार्य दमाइले चाहेमा उनलाई उपमहानगरपालिका रोजगारी दिन तयार रहेको पनि नगर प्रमुख हमालले बताए ।