धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

दुर्घटनाका घाइतेको अवस्था बुझ्न भारतबाट आइपुगिन् राज्‍यमन्त्री

दुर्घटनाका घाइतेको अवस्था बुझ्न भारतबाट आइपुगिन् राज्‍यमन्त्री

काठमाडौं  । तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनाका घाइतेको अवस्था बुझ्न तथा मृतकहरूको शव लिनका लागि भारतबाट एक राज्यमन्त्री नेपाल आएकी छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौं आएकी हुन्।

नेपालमा हिजो भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले आफ्ना एकजना केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाएको हो।

उनी त्रिभुवन विमानस्थलबाट सिधै घाइतेहरूको अवस्था बुझ्न टिचिङ  अस्पताल गएकी छन्।

तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा हिजो भएको पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन्। घाइतेहरूको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ।