धनगढी पोष्ट बिहिबार, १३ कार्तिक २०८२   October 30, 2025

वडाध्यक्ष मृत फेला

वडाध्यक्ष मृत फेला

धनुषा । महोत्तरी रामगोपालपुर नगरपालिका–२ का अध्यक्ष मुकेश यादव मृत अवस्थामा फेला परेका छन्। 

यादव जलेश्वर बर्दिबास सडकखण्डअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित औरही कल्भर्ट नजिक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

उनी सवार मोटरसाइकल सडकछेउ र यादव सडकभन्दा तल मृत अवस्थामा भेटिएको हो।

उनी नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।