धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

जंगलमा एक जनाको शव फेला

जंगलमा एक जनाको शव फेला

घोडाघोडी । घोडाघोडी नगरपालिका–५ सेउकलियाको जङ्गलमा आइतबार  साँझ एक जनाको शव फेला परेको छ ।

कान्द्रा नदिदेखि एक सय ५० मिटर पश्चिमतर्फ सडिसकेको अवस्थामा शव फेला परेको प्रहरी इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउदले जानकारी दिए । 

उनका अनुसार अस्थिपञ्जर मात्रै रही सहजै पहिचान गर्न नसकिने अवस्थामा रहेको शव जनप्रतिनिधिलगायतको रोहवरमा गाडिएको छ ।

शव पहिचानका लागि आवश्यक सामग्री सम्बन्धित निकायमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।