धनगढी पोष्ट बुधबार, २१ कार्तिक २०८१   November 6, 2024

लौका टिप्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

लौका टिप्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मंगलबार बिहान घरको छतमा फलेको लौका टिप्ने क्रममा नांगो तारले करेन्ट लाग्दा घोराही– १२ डाँडागाउँनिवासी ६८ वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाका अनुसार उनको शवलाई परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।