धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

नौ लाखको सामान बरामद

नौ लाखको सामान बरामद

धनगढी।  कैलाली र कञ्चनपुरबाट नौ लाख बढी मूल्य बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको छ । प्रहरीले दुई जिल्लाबाट नौ लाख ३१ हजार छ सय ६० मूल्य बराबरको सामान बरामद गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ त्रीवेणीघाट, भजनी नगरपालिका वडा नम्बर ३ बर्दवाफाँटा, भजनी वडा नम्बर ६ नवलपुरबाट भन्सार छलीको सामान बरामद गरेको छ । 

यस्तै टीकापुर नगरपालिका वडा नम्बर १, सोहि नगरपालिकाको वडा नम्बर ८ पायलगाउ, जोशीपुर गाउँपालिका वडा नम्बर ३ लक्कड, र जानकी गाउँपालिका वडा नम्बर ४ झबैपुलबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी सात लाख १५ हजार ६० मुल्य बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उक्त मूल्य बराबरको प्याज, चिनी, बिडी, सुर्ती, लसुन, साडी, सुपिस, कुर्ती, मोवाइल चार्जर, एयरफोन, माछा लगायतका सामान नियन्त्रणमा लिएको हो । 

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासाल, भीमदत्त वडा नम्बर ९ मटेना र भीमदत्त वडा नम्बर ११ भन्सार कार्यालय नजिकबाट अवैंध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी दुई लाख १६ हजार छ सय मुल्य बराबरको सामान बरामद गरेको छ । 

उक्त मूल्य बराबरको चिनी, खाने तेल, पेय पदार्थ, दाल, बेसन, सुर्ती, सरप, जिरा, खेलौना, साडी, फोटो फिरेम, फोटो पेपर, गुलाव जामुन, साईकलका सामान, हार्डवेयरका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।