धनगढी पोष्ट बुधबार, २१ कार्तिक २०८१   November 6, 2024

धनगढीमा शिवपुरी गौरा तथा तीज महोत्सव हुने

धनगढीमा शिवपुरी गौरा तथा तीज महोत्सव हुने

धनगढी । कैलालीको धनगढीमा शिवपुरी गौरा तथा तीज महोत्सव हुने भएको छ । भदौ १३ र १४ गते शिवपुरी धाममा गौरा तथा तीज महोत्सव हुने भएको हो । 

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना तथा शिवपुरी उत्तर रामेश्वरम् ज्योतिलिङ्ग धाम, शिवपुरी नारी जागरण समूह, राष्ट्रिय संगीतकर्मी संघ र सुप कला प्रतिष्ठानको सह–आयोजनामा महोत्सव हुने भएको हो ।

धनगढीमा मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सव बारे आयोजकले जानकारी गराएको छ । महोत्सवमा सुदूरपश्चिमका सबै जिल्लाको मौलिक गौरा प्रदर्शन गरिनुका साथै तीज गीत गायन प्रदर्शन हुनेछ ।

सुदूरपश्चिमका फरकफरक ठाउँमा केही भिन्न तरिकाले गौरा खेल हुने भएकाले ती सबैको संर क्षण र प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिन लागेको सुप कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरूले बताए । 

उनले गौरामामा खेलिने र गाइने चैत, फाग, धुमारी र ढुस्को प्रदर्शन गरिने बताए । महोत्सवमा सहभागि ९ जिल्लाका प्रत्येक एक÷एक जनालाई सम्मान समेत गर्न उनले बताए । 

 गौरा तथा तीज महोत्सव शिवपुरी धाममा हरेक वर्ष आयोजना गर्ने शिवपुरी धामका कार्यबाहक अध्यक्ष योगेश मल्लले बताए ।

उनले भदौ १३ गतेसम्म महोत्सवमा सहभागी हुन समूह दर्ता गर्न सकिने बताएका छन् ।