धनगढी पोष्ट
बुधबार, १२ भदौ २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विक नेकपा एकीकृत समाजवादीको दलित सचिवमा निर्वाचित भएका छन् ।
१८० मतसहित उनी विजयी हुँदा निरादेबी जैरु पराजित भइन् । उनले ९८ मत पाएकी थिइन् । उनी डडेल्धुराकी हुन् । अर्का उम्मेदवार कृष्ण बहादुर नेपालीले २६ मत पाएका थिए ।
अघिल्लो सरकारले गणेश विकलाई नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।
कांग्रेस नेतृत्वको सरकारमा उनले राजीनामा दिएका थिए । तर, राजीनामा स्वीकृत भएको छैन ।