धनगढी पोष्ट
बुधबार, १२ भदौ २०८१ मा प्रकाशित
काठमाडौं । नेपालको प्रधान सेनापति अशोकराज सिग्देल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रथी सिग्देललाई भदौ २४ बाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका व्य. नं. १६१४ बलाधिकृत रथी श्री अशोकराज सिग्देलज्यूलाई नेपाली सेनाको प्रधान सेनापति पदमा मिति २०८१र५र२४ गतेबाट लागू हुने गरी नियुक्ति गर्नुभएको छ।’
योसँगै सिग्देल नेपाली सेनाको ४५ औं प्रधान सेनापति बनेका छन्। निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माले अवकाशमा जानु एक महिनाअघि साउन २४ गतेदेखि बिदा बसेका थिए।