धनगढी पोष्ट
बुधबार, १२ भदौ २०८१ मा प्रकाशित
धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श समिति बैठक धनगढीमा सुरु भएको छ ।
धनगढीको स्वास्थ्य तालिम केन्द्रमा आज ९बुधवार० बैठक सुरु भएको हो । परामर्श बैठकमा भाग लिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेताहरू धनगढी पुगेका छन् ।
दाहाल सहित बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू सहभागी छन् ।