धनगढी पोष्ट
बिहिबार, १३ भदौ २०८१ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताएकी छिन् ।
धनगढीस्थित आफ्नै निवासमा बिहीबार बिहान पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्री केपी ओलीले महिला प्रधानमन्त्री बनाउने इच्छा गरेको सम्बन्धमा पत्रकारले प्रश्न गर्दा उनले भनिन्, ‘म प्रधानमन्त्री बन्ने सम्भावना छैन, पार्टीभित्र मेरो कति हैसियत छ मलाई थाहा छ, हाम्रो पार्टीबाट प्रधानमन्त्रीको क्यान्डिडेट शेरबहादुर देउवा नै हो ।’
देशमा राजनीतिक प्रतिशोधको संस्कृति विकास हुन थालेपछि कांग्रेस–एमाले एक ठाउँमा उभिनुपरेको उनको भनाइ छ ।
बिहीबार बिहान पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस–एमालेको समीकरण ०८४ सम्मै जाने बताएकी छिन् ।
सुरुको दुई वर्ष केपी ओली र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताइन् ।