धनगढी पोष्ट सोमबार, ०४ फागुन २०८२   February 16, 2026

परराष्ट्रमन्त्री राणालाई कैलाली उवा संघको सात बुंदे ज्ञापन पत्र

परराष्ट्रमन्त्री राणालाई कैलाली उवा संघको सात बुंदे ज्ञापन पत्र

धनगढी । परराष्ट्रमन्त्री आरजु राणा देउवालाई कैलाली उद्योग वाणिज्य संघले सात बुंदे ज्ञापन पत्र बुझाएको छ।

गौरीफन्टा नाकाको स्तरोन्नती तथा चिनको नाकालाई व्यवस्थित गरी खुलाउन लगाएतका माग गर्दै संघले बिहीबार धनगढीको देउवा निवासमा सात बुंदे ज्ञापन पत्र बुझाएको जनाएको हो।

कैलाली उद्योग वाणिज्य संघका अनुसार आफ्ना मागहरु कार्यान्वयन भए सुदूरपश्चिम प्रदेशमा रोजगारी बढनुका साथै पर्यटन, शिक्षा, स्वास्थ्य तथा उद्योग कलकारखाना र चिनदेखि भारतसम्मको व्यापार बढ्नुका साथै सुदूरपश्चिम सम्पन्न हुने बाटो खुल्ने विश्वास रहेको छ।

 

No description available. 

No description available.