धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीबाट ३० लाख असुल गर्न महालेखाको सुझाव

धनगढी

कञ्चनपुरको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीबाट ३० लाख भन्दा बढी रकम असुल गर्न महालेखापरीक्षकको कार्यालयले कार्यपालिकालाई सुझाव दिएको

महालेखापरीक्षकको कार्यालयले नगरपालिकाको कार्यालय भवन बनाउँदा काम सम्पन्न भएको भन्दा बढी रकम भुक्तानी दिइएकोले सो रकम कार्यालय प्रमुख सहितलाई जिम्मेवार बनाई असुल गर्न सुझाव दिएको हो

कार्यालय भवन निर्माण गर्दा चौथो रनिङ बिलसम्म जम्मा करोड ८८ लाख हजारको मात्र काम भएकोमा नगरपालिकाले करोड ३५ लाख हजारको काम भएको प्रतिवेदन बनाई रकम भुक्तानी गरेकोले बढी भुक्तानी भएको ३० लाख २४ हजार रकम कार्यालय प्रमुख, कामको नापी गर्ने प्राविधिक इन्जिनियरलाई जिम्मेवार बनाई असुल गर्नुपर्ने महालेखाको ५७ औं बार्षिक प्रतिवेदनमा उल्लेख

ठेकेदार कम्पनीले दिएको चौथो रनिङ बिलमा उल्लेख भएको करोड ३५ लाख हजार मध्ये कुनै पनि कारण नखुलाई २३ लाख ७१ हजार कट्टा गरी करोड ११ लाख ३२ हजार भुक्रानी गरिएको कामको वास्तविक मुल्यांकन गर्दा भुक्तानी दिइएको रकम बराबरको काम भएके नदेखिएकोले सो रकम असुल गर्न सुझाव दिइएको महालेखाको प्रतिवेदनमा उल्लेख

महालेखाका अनुसार आर्थिक बर्ष २०७५÷०७६ मा नगरपालिकाले आफ्नो कार्यालय भवन निर्माणका लागि सो रकम निर्माण कम्पनीलाई भुक्तानी गरेको हो महालेखाको टोलीले लेखा परीक्षण गर्दा काम कम भएको शंका मानेर कार्यालयका इन्जिनियर सहित पुनः मुल्यांकन गरेपछि मात्रै काम सम्पन्न भए भन्दा बढी भुक्तानी भएको खुलेको हो