धनगढी पोष्ट बुधबार, २१ कार्तिक २०८१   November 6, 2024

धनगढीमा नृत्य कार्यशाला सम्पन्न

धनगढीमा नृत्य कार्यशाला सम्पन्न

धनगढी । धनगढीमा तीन दिने नृत्य कार्यशाला सम्पन्न भएको छ । द टुइन्स डान्स एकेडेमी धनगढीले भदौ ११ देखि १३ गते सम्म आयोजना गरेको तीन दिने नृत्य कार्यशाला सम्पन्न भएको हो । 

द टुइन्स डान्स एकेडेमी धनगढीका सञ्चालक केशव बलायरले तीन दिने नृत्य कार्यशालामा तीन किसिमका नृत्यहरु प्रशिक्षार्थीहरुलाई सिकाइएको बताए ।

उनले नेपाली कल्चर, हीप्पब र कन्टेमटेरी गरेर तीन किसिमका नृत्य  सिकाइएको बताए । 

उनले नृत्य कार्यशालामा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडी गरेर ८० जना प्रशिक्षार्थीहरु सहभागि भएको बताए । नृत्य सँगै उनीहरुलाई फ्रि स्टाइल व्याटल पनि सिकाइएको उनले बताए । 

कोरीयोग्राफीको तेस्रो राउण्ट भदौ २२ गते हुने र नृत्य कार्यशालामा सिकेका नृत्यहरु प्रस्तुत गर्नुपर्ने उनले बताए ।

नृत्य कार्यशालामा सहभागि प्रशिक्षार्थीहरुबाट आयोजकले शुल्क लिएर विभिन्न किसिमका नृत्य सिकाउनुका साथै सबै खर्च ब्यहोरेको थियो ।

भदौ ८ गते धनगढी डान्स च्याम्पियनशिप सिजन–३ मेगा राउण्डको दोस्रो राउण्ड समेत भएको थियो ।