धनगढी पोष्ट
शुक्रबार, १४ भदौ २०८१ मा प्रकाशित
धनगढी । स्वास्थ्य संस्थामा खानेपानी सरसफाई तथा स्वच्छताको अवस्था सुधारका लागि वास फीट अवधारणा सम्वन्धी प्रदेश स्तरिय अनुभव आदानप्रदान तथा परिचयात्मक कार्यक्रम शुक्रवार धनगढीमा सम्पन्न भएको छ ।
युनिसेफका वास बिशेषज्ञ सिद्धि श्रेष्ठले स्वास्थ्य समस्या भनेर स्वास्थ्य संस्था मात्र बुझिने गरेको भए पनि यो खानेपानी, सरसफाईर स्वच्छतासँग सम्वन्धित रहेको बताए ।
स्वास्थ्य संस्था सुधारका लागि जुन जोखिम छ, त्यसलाई प्राथमिकता दिनु पर्ने बताउँदै श्रेष्ठले स्वास्थ्य सेवा प्रदायक संस्थाह?को खानेपानी, सरसफाई तथा स्वच्छताको अवस्थामा सुधार गर्न जोखिममा आधारित व्यवस्थापकीय औजार आवश्यक रहेको बताए ।
कैलारी गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीले वास फीट कैलारीका चार स्वास्थ्य संस्थाह?मा लागु गरिएको बताउँदै कार्यक्रम लागु भएपछि स्वास्थ्य संस्थाको खानेपानी, सरसफाई र स्वचछताको अवस्थामा सुधार भएको बताए । स्वास्थ्य संस्थाह?मा भएको सकारात्मक प्रभावको असर स्वास्थ्य सेवा लिन आउने ग्राहकह?मा पनि परिरहेको चौधरीले बताए ।
युनिसेफको सहयोगमा नीडसद्धारा स्वास्थ्य संस्थामा कैलारी गाउपालिकाका चार स्वास्थ्य संस्थामा खानेपानी सरसफाई तथा स्वच्छताको अवस्था सुधारका लागि वास फीट कार्यक्रम लागु भएको छ ।
धनढी उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थीले धनगढीमा वडाह?मा रहेको कुहिने र नकुहिने फोहर संकलन गरेर त्यसको व्यवस्थापन गरिदै आएको बताए । फोहरको दिर्घकालीन व्यवस्थापनको लागि एकीकृृत फोहर व्यवस्थापन केन्द्रको निर्माण गरेर व्यवस्थापन गरिने अवस्थीले बताए ।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मा एकीकृत फोहर व्यवस्थापन केन्द्रको निर्माण काय भैरहेको र त्यो निर्माण भैसकेपछि सहज हुने अवस्थीले बताए ।
सेती प्रादेशिक अस्पतालकी नर्सिङ अधिकृत सन्ध्या मल्लले अस्पतालमा उत्पन्न हुने फोहर श्रोतमै बर्गीकरण गरेर व्यवस्थापनको काम गरिएको बताइन् । अस्पतालमा उत्पन्न हुने सबै खालको फोहरको व्यवस्थित ढंगले व्यवस्थापन भैरहेको मल्लले बताइन् ।
सुद्रपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. खगेद्र बमले अहिलेसम्म र्दैनिक व्यवस्थापनको सोचले मात्र काम भैरहेको बताउँदै स्वास्थ्य क्षेत्रको सुधारका लागि वातावरणमैत्री अवधारणा बिकास गर्न आवश्यक रहेको बताए ।
पुर्वाधार निर्माण मात्र नभएर, त्यसको संचालन, व्यवस्थापन, व्यवस्थापन र वातावरणीय प्रभाव न्युनीकरणका बारेमा बहश गरेर अघि बढ्न ढिलाई गर्न नहुने निर्देशक बमले बताए ।
सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजना, युनिसेफ, निड्स र कैलारी गाउपालिकाको सहयोग र समन्वयमा भएको उक्त कार्यक्रमको सहजीकरण अधिक्त झंकर कुवरले गरेका थिए ।