धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

एकै दिन थपिए डेँगुका ६ संक्रमित

एकै दिन थपिए डेँगुका ६ संक्रमित

काभ्रे । काभ्रेमा एकै दिन ६ जना डेंगु संक्रमित भेटिएका छन्। शुक्रबार ६ जनामा डेँगु संक्रमण पहिचान भएपछि संक्रमितको संख्या ५७ पुगेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेले दिएको तथ्यांकअनुसार १ साउन ०८१ देखि १४ भदौसम्म जिल्लामा ५७ जना डेँगु संक्रमित फेला परेका हुन् ।

जसमा बनेपा र धुलिखेल नगरपालिकामा सबैभन्दा धेरै १२–१२ जना संक्रमित भेटिएका छन् । पनौती नगरपालिकामा १० जना संक्रमित देखिएका छन् ।

यसबाहेक जिल्लाका अन्य स्थानीय तहमा थोरै संख्यामा भए पनि डेँगु संक्रमण फैलिएको छ भने चारवटा पालिकामा संक्रमित भेटिएका छैनन् । संक्रमितमध्ये २७ पुरुष र ३० महिला छन् ।