धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सरकारले जनताको इच्छाविपरीत काम गरिरहेको छ : प्रचण्ड

सरकारले जनताको इच्छाविपरीत काम गरिरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार जनताको इच्छा विपरीत चलिरहेको आरोप लगाएका छन् ।

आज बिहान बाँकेको नेपालगञ्जमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले भने, ‘संविधानको भावनाविपरीत बनेको सरकारले निरन्तर जनताका इच्छा विपरीत काम गरिरहेको छ ।’ यसको विरुद्धमा आवश्यक परे सडकमा पनि जान सक्ने उनले चेतावनी दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउने केन्द्रीय एजेण्डा हुनुपर्ने धारणा राखे ।