धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

नवजीवनकोे धनगढी नगरप्रमुख शैक्षिक सुधारमा दुई लाख सहयोग

नवजीवनकोे धनगढी नगरप्रमुख शैक्षिक सुधारमा दुई लाख सहयोग

धनगढी । नवजीवन सहकारी सँस्थाले धनगढी उपमहानगरपालिकाले स्थापना गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कोषमा दुई लाख १०  हजार सहयोग गरेको छ ।

बालबालिकाको पोशाकका लागि सो सहकारीले नगरप्रमुख शैक्षिक सुधार कोषलाई सहयोग गरेको छ । 

४० जना बालबालिकाका लागि सो सहकारीका अध्यक्ष देब बहादुर बमले धनगढीका नगरप्रमुख गोपाल हमाललाई दुई लाख १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

अहिलेसम्म धनगढी उप–महानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कोषमा ५७ लाख तीन हजार २५० रुपैयाँ जम्मा भइसकेको उपमहानगरपालकाले जनाएको छ ।