धनगढी पोष्ट
बिहिबार, २७ भदौ २०८१ मा प्रकाशित
बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । बिहीबार बिहान पाँच बजेदेखि तमैल बजारनजिकै जालेबगरमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि जिल्लाबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।
बिहीबार बिहान बझाङबाट धनगढी, काठमाडौं, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका र त्यहाँबाट बझाङ भित्रिने गाडीहरू रोकिएका छन् ।
सडक खुलाउन एक्स्काभेटर आएको तर, पहिरो झर्न नरोकिँदा खुलाउन समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ ।