धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

एशियन लाइफद्धारा २ लाख ६० हजार बीमालेख मृत्यु दावी  भुक्तानी

सुकरीले २०७५ असारमा एशियन लाइफमा २ लाख बिमाङकको बीमा गरेकी थिइन् । लगातार छ  प्रिमियिम तिरिसकेपछि सुकरीको मृत्यु भएपछि एशियन लाइफले  बिमाङक र बोनस रकम गरि उक्त रकम प्रदान गरेको हो ।

एशियन लाइफद्धारा २ लाख ६० हजार बीमालेख मृत्यु दावी  भुक्तानी

धनगढी । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले  कन्चनपुरको बेलौरी नगरपालिका ९ की स्वर्गीय श्रीमती सुकरी चौधरीको परिवारलाई  २ लाख ६० हजार ३ शय ४२ रुपैया बीमालेख मृत्यु दावी भुक्तानी गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्सका सुदुरपश्चिम प्रदेश प्रवन्धक गणेश बहादुर साउदले सुकरीका श्रीमान  छलीराम चौधरीलाई शुक्रवार चेक हस्तान्तरण गरेका हुन् ।

सुकरीले २०७५ असारमा एशियन लाइफमा २ लाख बिमाङकको बीमा गरेकी थिइन् । लगातार छ  प्रिमियिम तिरिसकेपछि सुकरीको मृत्यु भएपछि एशियन लाइफले  बिमाङक र बोनस रकम गरि उक्त रकम प्रदान गरेको हो ।  सुकरीको  गत असार २८ गते मृत्यु भएको थियो ।  सुकरीले छ किस्ता बापतको जम्मा ८० हजार २ शय ८६ रुपैया तिरेकी थिइन् ।

सुकरीले इन्स्योरेन्सबाट लिएको कर्जाको सावा ब्याज वापतको ५५ हजार ५ शय २५रुपैया कुल दावी रकमबाट घटाएर १ लाख ९१ हजार ४ शय ३६ रुपैयाको चेक शुक्रवार प्रदान गरिएको हो