धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

एन एमबि बैंक धनगढीद्वारा शारदा माविलाई शैक्षिक सामग्री वितरण

एन एमबि बैंक  धनगढीद्वारा शारदा माविलाई शैक्षिक सामग्री वितरण

धनगढी । एन एमबि बैंक लिमिटेड धनगढी चौराहा शाखाले धनगढी वडा नम्बर–१२ मा रहेको शारदा माविलाई ५० हजार मुल्य बराबरको शैक्षिक सामग्री वितरण गरेको छ । 

सामाजिक सेवा कार्यक्रम अन्तरगत बैंकले शैक्षिक सामग्री र विद्यालयमा पानी फिल्टर वितरण गरिएको बैंकका शाखा प्रमुख गोकर्ण बहादुर कार्कीले बताए ।

बालबालिकाको शैक्षिक उन्नतीका लागि खेल सामग्री र शैक्षिक समग्री वितरण गरिएको बैंकले जनाएको छ ।

बैंकले एक कार्यक्रमका विच शुक्रबार विद्यालयमै पुगेर शैक्षिक समग्री वितरण गरेको विद्यालयका प्रधानाध्यापक जीवन रेग्मीले बताए । 

No description available.