धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

सुदुरपश्चिम बिश्वबिद्यालयका अधिकृत जोशीको करेन्ट लागेर मृत्यु

सुदुरपश्चिम बिश्वबिद्यालयका अधिकृत जोशीको करेन्ट लागेर  मृत्यु

सुदूरपश्चिम विश्वविद्यालयका प्रशासन अधिकृत कृष्णदत्त जोशीको शुक्रवार करेन्ट लागेर मृत्यु भएको छ । महेन्द्रनगरस्थित  विश्वविद्यालयको कार्यकक्षमा फाइबरको तार मिलाउने क्रममा शुक्रवार दिउसो करेन्ट लागेर जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाले महाकाली प्रादेशिक अस्पालमा दिउँसो ४ बजे निधन भएको बताए ।

 भीमदत्त नगरपालिका–१८ कटानका ५५ बर्षीय जोशीलाई करेन्ट लागेर घाइते भएपछि उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । अस्पाल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका छन् ।

शव पोष्टमार्टमका लागि अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।