धनगढी पोष्ट शुक्रबार, ०२ माघ २०८२   January 16, 2026

धनगढीमा निःशुल्क दन्त स्वास्थ्य शिविरमा २५३ जनाले लिए सेवा

धनगढीमा  निःशुल्क दन्त स्वास्थ्य शिविरमा २५३ जनाले लिए सेवा

धनगढी । कैलालीको धनगढीमा भएको एक दिने निःशुल्क दन्त स्वास्थ्य शिविरमा दुई सय ५३ जनाले सेवा लिएका छन् ।

शनिबार धनगढीको हिमालय गौरीशङ्कर डेन्टर क्लिनिक र वडा नम्बर ७ को आयोजनमा शिविर सञ्चालन भएको हो । 

उनीहरूमा ५३ जनाको रगतको परीक्षण गरिएको छ । शिविरमा बाङ्गा–टिङ्गा रहेका ४६ जना बिरामीका दाँतहरू दन्त निकालिएको छ ।

No description available.

शिविरको विशेष प्राविधिक सहयोगी संस्था हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रालि धनगढीका प्रबन्ध निर्देशक रतन एसकेले शिविरमा निःशुल्क उपचार गर्नेहरुलाई हिमालयन गौरीशंकर डेन्टलमा उपचार गर्न आउनेलाई ३० प्रतिशत छुट दिने व्यवस्था गरिएको बताए ।

शिविरमा हिमालयन गौरीशंकर डेन्टलमा कार्यरत कन्सलटन्स डेन्टल सर्जन डा. मनिसा न्यौपाने, डेन्टल सर्जन सदीक्षा थापा, डा. हरिषचन्द्र विष्ट र ल्याभ असिस्टेन्स जुना जाग्रीले सेवा दिएका हुन् ।

लाईन्स क्लव अफ धनगढी संजिवनी, ज्योति आयल स्टोर, धनगढी र डि.के.टी वाटर ईन्डष्ट्रिज धनगढी शिविरको सहयोगी संस्था हुन् ।

हिमालयन गौरीशंकर डेन्टलको सहयोग धनगढीका विभिन्न वडामा निःशुल्क शिविरको आयोजना पटक–पटक सञ्चालन हुने गरेको छ ।
No description available.