धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

धनगढीमा सडकबत्तिको उद्घाटन

धनगढीमा सडकबत्तिको उद्घाटन

धनगढी । धनगढी उपमहानगरपालिकामा संघीय शहरी विकास आयोजनाद्वारा निर्माण गरिएका सडकबत्तिको उद्घाटन गरिएको छ ।

धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको आइतवार सामाजिक विकास मन्त्री मेघराज खड्काले स्वीच थिचेर उद्घाटन गरेका हुन् । 

कार्यक्रममा मन्त्री खड्काले धनगढी उपमहानगरपालिकाले राम्रो काम गरिरहेको बताए । उनले स्थानीय सरकारले जनताका काम गर्न सके राम्रो प्रभाव पर्ने र प्रदेश सरकारले पनि जनमुखी काम गर्न उपमहानगरपालिकासँग मिलेर काम गर्ने बताए । 

‘धनगढीमा सह्रानीय काम भएका छन् । नगर प्रमुख इनोभेटिभ काम गर्दै आएका छन्,’ उनले भने, ‘नयाँ काम गर्ने नगर प्रमुख हमालको स्वभावका कारण धनगढीमा राम्रो काम हुँदै गएको र प्रदेश सरकारले पनि विभिन्न काममा सहकार्य गर्दै आएको छ, अझै पनि गर्नेछ ।’

सहरी विकासले निर्माण गरेका सबै सडकमा सडक बत्ती जडान गरिएको छ । यो पटक ५५३ पोलमा स्मार्ट सडक बत्ती र १५ वटा हाइमास्ट लाइटको उद्घाटन गरिएको हो । संघीय सहरी विकास आयोजनाले सडक बत्ती जडान गरेको छ ।

कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उप–प्रमुख कन्दकलाकुमारी राना, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।