धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सहकारी बचत अपचलनमा रवि लामिछाने दोषी ठहर

सहकारी बचत अपचलनमा रवि लामिछाने दोषी ठहर

काठमाडौं । सहकारी संस्थाको बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता पुष्टि भएको निष्कर्षमा संसदीय विशेष छानबिन समिति पुगेको छ।

सहकारी बचत अपचलनमा तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने जोडिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि प्रतिनिधि सभाले जेठ १५ गते सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समिति गठन गरेको थियो।

उक्त समितिलाई तीन महिना कार्यावधि दिइएकोमा प्रतिनिधि सभाले थप १५ दिनको समय पनि दिएको थियो।

समितिले सोमबार प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने भएको छ। प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा यो विषय उल्लेख छ।

सात सदस्यीय संसदीय छानबिन समितिको सभापति नेकपा (एमाले) का सांसद सूर्य थापा छन्। समितिमा कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका सांसदहरू छन्।