धनगढी पोष्ट
सोमबार, ३१ भदौ २०८१ मा प्रकाशित
धनगढी । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बजेट भाषण बहिस्कार गरेका छन् ।
सरकारले संशोधित बजेट ल्याउन खोजेपछि प्रदेश सभा बैठकमा माओवादी र समाजवादीका प्रदेश सभा सदस्यहरुले पहिले नाराबाजी गरेका थिए ।
२० मिनेटपछि फेरि शुरु भएको बैठकमा बजेट भाषण हुन थालेपछि भने उनीहरुले बैठक बहिस्कार गरेर बैठक कक्ष छोडे ।
उनीहरुले गैर संवैधानिक तरिकाले बजेट ल्याउन मिल्दैन भन्दै प्रदेश सभा बैठक बहिस्कार गरेका थिए ।
बैठकमा अर्को प्रतिपक्षी दल राप्रपाका खेमा विष्ट मात्र छिन् । विपक्षीले प्रदेश सभा बैठक बहिस्कार गरेपछि सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बजेट भाषण गरिरहेका छन् ।