धनगढी पोष्ट
मङ्गलबार, ०१ असोज २०८१ मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिबस मनाइएको छ । मंगलबार एक कार्यक्रम को आयोजना गरि उपमहानगरले दिबस मनाएको हो ।
उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री प्रकाशमान सिँहको उपस्थितिमा दिबस मनाएको हो । कार्यक्रममा उपमहानगले गरिरहेको दैनिक कार्यक्रम को बारेमा वृतचित्र समेत देखाइएको थियो ।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्री, सभामुख, सांसदहरु, विभिन्न कार्यालय का प्रमुखहरु र स्थानीय को समेत उल्लेख्य सहभागीता रहेको थियो ।
कार्यक्रममा धनगढी उपमहानगरको बिबिध कार्यक्रममा सहयोग गर्ने ब्यक्ति , संस्था र नगरपालिकाका उत्कृष्ट कर्मचारीलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।