धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प

बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ । पाँच दिन अघि पनि बझाङ केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।