धनगढी पोष्ट
बिहिबार, ०३ असोज २०८१ मा प्रकाशित
काठमाडौँ । नवलपुरको कावासोतीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राजावादी पक्षधरहरूले कावासोतीको फलफूल चोकमा जम्मा भएर संविधान दिवसलाई कालो दिनको रूपमा मनाउन लाग्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
कार्यक्रम सुरु हुनुपूर्व निधारमा कालापट्टी बाँधेर बसेको कावासोती– २ निवासी इन्द्र सिग्देललाई प्रहरीले पक्राउ गरेको हो ।
सिग्देललाई आज साँझतिर छाडिने जिल्ला प्रहरी कार्यालय नवपलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।