धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

मेलामा एकजना मृत भेटिए

मेलामा एकजना मृत भेटिए

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-६ मा लाग्ने धार्मिक तथा सैन्डाँडा मेलामा एक जना मृत भेटिएका छन्।

 मृत भेटिनेमा बाजुराको खप्तडछेडेदह गाउँपालिका-२ जयबागेश्वरी बस्ने ५५ वर्षीय भवि कटुवाल रहेको जनाइएको छ।

मृतक कटुवाल आज दिउँसो ४ बजे मेला लाग्ने ठाउँ नजिकै बाटोको किनारामा अचेत अवस्थामा भेटिएका थिए।

उनको शव पोस्टमार्टमका लागि बझाङ जिल्ला अस्पताल ल्याइएको छ।  उनी हिजो घरबाट सैन्डाँडा मेला हेर्न आएका थिए।

उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी किशोर जोशीले बताए।