धनगढी पोष्ट
बिहिबार, ०३ असोज २०८१ मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिका ३ मिलनचौकमा रहेको वेष्टर्न क्रिष्टल एकेडेमीले संविधान दिवसको अवसरमा मिस्टर एण्ड मिस मिस क्रिष्टल २०८१ को आयोजना गरेको छ छ । बिद्यार्थीहरुको प्रतिभा उजागर गर्न प्रतियोगिताको आयोजना गरिएको बिद्यालयले जनाएको छ ।
कार्यक्रममा यस बर्षको मिस क्रिष्टल २०८१ अवार्ड कक्षा ७ मा अध्ययनरत सुबेस्ता धामीले र मिस्टर क्रिष्टल २०८१ अवार्ड कक्षा ६ मा अध्ययनरत अजर भट्टले प्राप्त गरेका छन् ।
छात्रातर्फ फस्ट रनर अप २०८१ अवार्ड सुप्रिया रैखोला र केटा तर्फ रनर अप २०८१ अवार्ड अनुष्क भट्टराईले प्राप्त गरेका छन् ।
यस्तै गरि केटी तर्फ दितीय रनर अप २०८१ अवार्ड रितिका देउवा र केटा तर्फ द्धितीय रनर अप २०८१ अवार्ड यश राज कर्णले जितेक छन् ।
त्यस्तै, मिस्टर लिटिल प्रिन्स २०८१ को अवार्ड सृष्टि भट्टले जिेतेका छन् भने फस्ट रनर अप २०८१ रिजन ऐरीले र सेकेन्ड रनर अपको अवार्ड अतुल शुक्लाले प्राप्त गरेका छन् ।
छात्रातर्फ लिटिल प्रिन्सेल २०८१ को अवार्ड बिनिता खड्काले जितेकी छिन् भने फस्ट रनर अपको अवार्ड प्रेक्षा चौधरीले र सेकेण्ड रनर अपको अवार्ड रिया चौधरीले जितेकी छिन्बिद्यालयमा अध्ययनरत एक हजार भन्दा बढी बिद्यार्थीहरुबाट छनौट भएका २८ जनाबीच बिहीवार अन्तिम प्रतिस्पर्धा भएको हो ।
वेष्टर्न क्रिष्टलकी प्रिन्सिपल निर्मला खड्का कुवरले बिद्यार्थीमा रहेको प्रतिभालाई बाहिर ल्याउन बिद्यालयले नियमित रुपमा यस्ता क्रियालापहरु सँचालन गरिरहेको बताइन् ।
सो अवसरमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राज बहादुर ऐरले वेष्टर्न क्रिष्टलले आयोजना गरेका यस्ता क्रियाकलापहरुले बिद्यार्थीहरुमा क्रियाशील क्षमताको बिकास गर्ने बताउँदै वेष्टर्न क्रिष्टलसँग सहकार्य गरेर जना आफुर तयार रहेको बताए ।
प्याब्सनका केन्द्रिय सदस्य योगेन्द्र हमालले बिद्यालयले बिद्यार्थीहरुको चौतर्फी बिकासमा ध्यान दिन आवश्यक रहेको बताउँदै बिद्यार्थीमा रहेको प्रतिभालाई अगाडी ल्याउन वेष्टर्न क्रिष्टल सफल रहेको बताए ।
कार्यक्रम बिद्यालयका सँचालक ललिलतराज पन्तको अभयक्षतामा सम्पन्न भएको थियो ।