धनगढी पोष्ट
शुक्रबार, ०४ असोज २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो ।
उक्त बैठक कारणवश अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।
गएको सोमबार प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट सदनमा प्रस्तुत गरेको थियो । आजको बैठकमा बजेटमाथि नै छलफल हुने कार्यसूची थियो ।
प्रदेश सरकारको बजेटप्रति प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीको विमति छ ।
संविधानमा भएको व्यवस्थाभन्दा विपरीत तरिकाले बजेट ल्याएको भन्दै दुवै दलले बजेट भाषण नै बहिस्कार गरेका थिए ।