धनगढी पोष्ट
शुक्रबार, ०४ असोज २०८१ मा प्रकाशित
धनगढी । सन नेपाल लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेडले
सातौ बार्षिकोत्सवका अवसरमा बिध्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
शुक्रबार सातौ बार्षिकोत्सवको अवसरमा धनगढी उपमहानगर ७ वेलीमा रहेको राष्ट्रिय माबिमा अध्ययनरत ३४ जना वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
सन लाईफका प्रदेश संयोजक लक्ष्मीकान्त जोशीको अध्यक्षतामा भएको सामाग्री वितरण कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष मोती राना प्रमुख अतिथि रहेका थिए ।
उक्त कार्यक्रममा वोल्दै अध्यक्ष रानाले देखिँदा सानो भए पनि यसको सन्देश ठुलो रहेको बताए । उनले बालवालिकालाई शिक्षामा सहयोग गर्नु धेरै राम्रो कुरा भएको उल्लेख गर्दै सनलाईफलाई धन्यबाद दिए ।
कार्यक्रममा पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी, बिद्यालयका प्रअ बब्लु चौधरीले सनलाईफको उक्त कार्यको प्रशंसा गर्दै शिक्षामा लगानी गर्नु राम्रो काम भएको उल्लेख गरे । सनलाईफका धनगढी शाखा प्रमुख योगेन्द्र अधिकार
सुदूरपश्चिम लगायत देशभर यस अवसरमा विभिन्न रचनात्मक कार्य गरिरहेको बताए । सन लाईफका प्रदेश प्रमुख जोशीले सुदूरपश्चिम भरी १५ ठाउँमा सनलाईफका शाखा रहेको जानकारी दिए । उनले सन लाईफले बिमा संगै सामाजिक कार्य गरिरहेको बताए ।
ग्राहकले छिटो छरितो सेवा पाउनु पर्नेमा सनलाईफ प्रतिबद्द रहेको बताउँदै प्रदेश प्रमुख जोशीले समुदाय संगै सनलाईफ छ भन्ने सन्देश दिन यो कार्यक्रम गरिएको उल्लेख गरे ।