धनगढी पोष्ट आइतबार, ०३ फागुन २०८२   February 15, 2026

यातायात कार्यालयको स्थापनाको माग गर्दै  लम्कीमा प्रदर्शन

यातायात कार्यालयको स्थापनाको माग गर्दै  लम्कीमा प्रदर्शन
तस्बीर : लोक देउवा

लम्की

   कैलालीको लम्कीमा यातायात व्यवस्था कार्यालयको मागद गर्दै लम्कीमा  जुलुश प्रदर्शन गरिएको   कैलाली जिल्लाको पुर्वी क्षेत्रहरूलाई पायक पर्ने स्थान लम्की नै रहेको भन्दै  यातायात कार्यालयको माग गरिएको  हो

   राजनीतिक दल, व्यवसायी, संघ संस्थाका प्रतिनिधि, व्यापारी, शिक्षक, विद्यार्थीको सहभागिता रहेको  प्रदर्शन  लम्की चौकमा पुगेर सभामा परिणत भएको थियो

  कैलाली जिल्लाका पुर्वी क्षेत्रका पालिकाहरू टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, बर्दगोरीया गाउँपालिका, जोशीपुर गाउँपालिका घोडाघोडी नगरपालिकालाई पायक पर्ने स्थाने लम्की नै रहेको यातायात व्यवस्था कार्यालयका लागि आवश्यक वित्तिय संस्था, थुपै्र बिमा कम्पनीहरू लम्कीमै रहेको भन्दे उनीहरुले यातायात व्यवस्था कार्यालय लम्कीमा स्थापना गर्न माग गरेका छन्